२०८३ असार ७ गते , आईतबार

काँकडभिट्टाको आगलागी ५ घण्टापछि नियन्त्रणमा, साढे ८ करोडको क्षति

sajilo news
पार्थ मण्डल
२०७८ माघ २० गते , विहीबार
काँकडभिट्टाको आगलागी ५ घण्टापछि नियन्त्रणमा, साढे ८ करोडको क्षति

झापा । मेचीनगर ६ काँकडभिट्टाको बर्मेली टोलमा रहेको एसएस फुटवेयरमा लागेको आगो नियन्त्रणमा आएको छ । बिहान करिव ११.४० बजेदेखि सो जुत्ता फ्याक्ट्रीमा लागेको आगलागी ५ घण्टापछि नियन्त्रणमा आएको हो ।

मेचीनगर–६ का श्याम खेतानले संचालन गरेको सो जुत्ता फ्याक्ट्रीमा विद्युत सर्ट भई आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाठकले बताए ।

उद्योगभित्र रहेका जुत्ता बनाउने कच्चा पदार्थ, रेडिमेड जुत्ता, केमिकललगायतका सामान पूर्णरुपमा जलेर नष्ट भएको जनाइएको छ । संचालकले आगलागीबाट साढे ८ करोड क्षति भएको अनुमान गरेका छन् । आगो निभाउन ११ वटा दमकल खटिएका थिए ।

भारतबाट २ वटा दमकल आएका थिए भने झापाका ५ र मोरङका ४ वटा दमकलले आगो नियन्त्रणमा लिन सहयोग गरेका थिए । आगलागी शुरू भएको भन्ने जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा टोली खटिएको थियो । उक्त आगो निभाउन नेपाली सेना, नेपाल प्रहरी ,सशस्त्र प्रहरी, स्थानीयले पनि सहयोग गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी पाठकले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार