२०८३ असार ७ गते , आईतबार

काँकडभिट्टाको जुत्ता उद्योगमा भीषण आगलागी, समयमा पुगेन दमकल

sajilo news
पार्थ मण्डल
२०७८ माघ २० गते , विहीबार
काँकडभिट्टाको जुत्ता उद्योगमा भीषण आगलागी, समयमा पुगेन दमकल

झापा । झापाको मेचीनगर ६ काँकडभिट्टास्थित एसएस फुटवेयर (जुत्ता उद्योग)मा भीषण आगलागी भएको छ । बिहीबार बिहान करिब ११ बजेर ४० मिनेटमा उद्योगमा लागेको अझै नियन्त्रणमा आउन सकेको छैन ।

अहिले घटनास्थलमा बिर्तामोड, कमल र दमक गरी तीन वटा दमकलले आगो नियन्त्रणका लागि प्रयास गरिरहेको प्रहरी कार्यालय झापाले जनाएको छ । मेचीनगर नगरपालिकाको दमकल बिग्रिएर थन्काइएकोले उद्योगमा लागेको आगो समयमै नियन्त्रण आउन नसकेको स्थानीयवासी बताउँछन् ।

उद्योगमा आगलागी भएको ४५ मिनेटपछि मात्र दमकल घटनास्थल पुगेको स्थानीय बताउँछन् । आगो नियन्त्रणमा नेपाली सेना, नेपाल प्रहरी ,सशस्त्र प्रहरी, स्थानीयवासी लागि परेका छन् । सो उद्योगभित्र ठुलो मात्रामा तेलका ट्याङ्कर रहेको र अहिले तेलका ट्याङ्करहरू बाहिर निकाल्ने कार्य भइरहेको छ ।  स्थानीय उद्योगी श्याम खेताङले सञ्चालन गरेको सो उद्योगमा लागेको आगलागी कारण नखुलेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए । 

सम्बन्धित समाचार