२०८३ असार ७ गते , आईतबार

बिर्तामोडमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ माघ १९ गते , बुधबार
बिर्तामोडमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
झापा । बिर्तामोड नगरपालिका ६ बुट्टाबारीस्थित पूर्वपश्चिम राजमार्गमा बुधवार बिहान ट्रकको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा प्रदेश ३–००–१ ख २१४० नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०१–०१५ प १७६५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मेचीनगर ८ बस्ने २७ वर्षीय बमबहादुर लेप्चा घाइते भएका थिए । उनलाई उपचारको बिएण्डसी अस्पताल पुर्‍याएको र डाक्टरले उनलाई मृत घोषित गरेका थिए । 
दुर्घटनापछि ट्रक र ट्रक चालक मकवानपुर भिमफेदी २ का २९ वर्षीय सन्तोष निजारलाई प्रहरी चौकी चारआलीको नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वसन्त पाठकले जानकारी दिए ।

सम्बन्धित समाचार