२०८३ असार ७ गते , आईतबार
ब्राउन सुगरसहित बिर्तामोडबाट एकजना पक्राउ
बिर्तामोड । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित बिर्तामोडबाट एकजना पक्राउ परेका छन् । मंगलबार ६ बजे बिर्तामोड- ५ पञ्चकन्या चौकमा अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा बिर्तामोड- ५ बस्ने २४ वर्षिय सुनिल लिम्बुलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट २९ ग्राम ब्राउनसुगर, नगद दुई हजार र मोबाईल २ थान बरामद भएको थियो । उनलाई नियन्त्रणमा लिई अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।