२०८३ असार ७ गते , आईतबार

पत्रकार मुक्ति पौडेलद्वारा प्रेस चौतारी र एमाले परित्याग (विज्ञप्तिसहित)

sajilo news
पार्थ मण्डल
२०७८ माघ १८ गते , मंगलबार
पत्रकार मुक्ति पौडेलद्वारा प्रेस चौतारी र एमाले परित्याग (विज्ञप्तिसहित)
झापा । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य मुक्ति पौडेलले प्रेस चौतारी र एमाले पार्टी परित्याग गरेका छन् । झापाली पत्रकार पौडेलले मङ्गलवार एक विज्ञप्ति प्रकाशित गरी नेकपा एमाले निकट चौतारीको केन्द्रीय सदस्य र एमाले परित्यागको घोषणा गरेका हुन् । पौडेल काँकडभिट्टाबाट प्रकाशित हुने जनसंसद् दैनिकका प्रधान सम्पादक हुन् ।

पौडेल प्रेस चौतारी झापाको उपाध्यक्ष, अध्यक्ष हुँदै केन्द्रीय सदस्य भएका हुन् । उनले नेकपा एमालेले प्रजातान्त्रिक प्रक्रिया र लोकतान्त्रिक विधि पालन नगरी व्यक्तिवाद हाबी भएकाले सङ्गठन र पार्टी परित्याग गरेको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा विधि, पद्धति, सिद्धान्त, सदाचार र नागरिक अधिकारका लागि क्रियाशील हुने उल्लेख गरेका छन् । पौडेल काँकडभिट्टाबाट प्रकाशित जनसंसद् दैनिकका प्रधान सम्पादक हुन् ।

सम्बन्धित समाचार