२०८३ असार ७ गते , आईतबार

स्वर्गीय गायक विवेक कार्कीको पाँचौँ स्मृति दिवस सम्पन्न

sajilo news
पार्थ मण्डल
२०७८ माघ १७ गते , सोमबार
स्वर्गीय गायक विवेक कार्कीको पाँचौँ स्मृति दिवस सम्पन्न
भद्रपुर  । विवेक कार्की स्मृति प्रतिष्ठानले स्वर्गीय विवेक कार्कीको पाँचौँ स्मृति दिवस विविध कार्यक्रम चन्द्रगढीमा सम्पन्न गरेको छ ।
प्रतिष्ठानका उपाध्यक्ष  रमेशप्रसाद पोखरेलको अध्यक्षता तथा भद्रपुर- ७ का वडाध्यक्ष विनोदप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा सम्मान सहित स्मृति सभा सम्पन्न गरेको हो ।
कार्यक्रममा गायक तथा सङ्गीतकार अर्जुन खरेललाई नगद सहित सम्मान गरिएको थियो ।  समितिका सदस्य  गोकुलराज न्यौपानेले स्वागत गरेको स्मृति सभामा सल्लाहकार गोविन्द लम्साल, सल्लाहकार अरुण भट्टराई, सङ्गीत सर्जक  हरि पौडेल लगायतले मन्तव्य राखेका थिए ।
गायक सङ्गीतकार समेत रहेका स्वर्गीय कार्कीको स्मृतिमा सचिव नीरज पोखरेल र सम्मानित व्यक्तित्व अर्जुन् खरेलले गीत मार्फत सम्झना गरेका थिए ।

सम्बन्धित समाचार