२०८३ असार ७ गते , आईतबार

जंगली हात्तीको आक्रमणबाट झापामा एक वृद्धको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ माघ १७ गते , सोमबार
जंगली हात्तीको आक्रमणबाट झापामा एक वृद्धको मृत्यु

झापा । जंगली हात्तीको आक्रमणबाट झापामा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका-१३ स्थित चारआली निवासी ७१ वर्षीय खम्बासिंह कार्की रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए ।

प्रहरीका अनुसार सोमबार बिहान ३ बजे कार्कीको घरमै अन्न खान आएका हात्ती धपाउने क्रममा उनलाई हात्तीले कुल्चिँदा गम्भीर घाइते भएका थिए  घाइते उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बिर्ता सिटी अस्पताल लगिएको थियो ।

उनको बिहान ९ बजेर ५५ मिनेटमा उपचारको क्रममा मृत्यु भएको डिएसपी पाठकले बताए । कार्कीको घर चारआली बजारस्थित इलाम रोड नजिकै रहेको छ । केही दिनअघि मात्र जंगली हात्तीको आक्रमणबाट दमक नगरपालिका- ३ निवासी ६३ वर्षीय गणेशबहादुर अधिकारीको मृत्यु भएको थियो । 

सम्बन्धित समाचार