२०८३ असार ७ गते , आईतबार

पूर्वीनाका काँकरभिट्टाबाट मेची महाकालीसम्म ऋषि परियारको उल्टो पैदल यात्रा

sajilo news
पार्थ मण्डल
२०७८ माघ १६ गते , आईतबार
पूर्वीनाका काँकरभिट्टाबाट मेची महाकालीसम्म ऋषि परियारको उल्टो पैदल यात्रा

झापा । दाङका ३० वर्षीय ऋषि परियारले मेची महाकाली उल्टो पैदल यात्रा थालेका छन् । स्वास्थ्यका लागि मेची महाकाली उल्टो पैदल यात्रा नाम दिइएको यो यात्राको सुरुवात उनले नेपालको पूर्वी नाका काँकरभिट्टा बाट गरेका हुन् ।

दाङ तुलसीपुर नगरपालिका वडा नंं ३ रानागाउँका ३० वर्षीय परियारले शनिबारदेखी सुरूगरेका मेचीमहाकाली उल्टो पैदल यात्रा करीब दुई महिना सम्ममा सम्पन्न गर्ने बताए ।

परियारले कोरोनाबाट मुक्त भएर हरेक नागरिक मास्क रहित हिडडुल गर्न सकौं भन्ने सन्देश सहित मेचीमहाकालीको उल्टो पैदल यात्राको सुरुवात गरेको जनाए । परियारले यस अघि हातले टेकेर विश्व रेकड (गिनिज बुक)मा नाम लेखाइसकेका छन् ।

सम्बन्धित समाचार