कोरोना त्रास : भद्रपुर-गलगलिया नाकाबाट नेपाल प्रवेश गर्ने घटे
भद्रपुर । पछिल्लो समय कोरोना संक्रमण अन्र्तगत ओमिक्रोनको मात्रा बढेसंगै भद्रपुर, गलगलिया, मेचीपुल नाका आवतजावत गर्नेहरुको संख्यामा कमी आएको छ ।
यहि माघ ७ गतेबाट जिल्ला प्रशासन कार्यालय झापाले जारी गरेको प्रेस विज्ञप्ति अनुसार स्वास्थ्य सावधानी अप्नाएर अत्याबश्यक काम बाहेकका मानिसहरुले मात्र सीमा नाकाबाट आवतजावत गर्न पाइने भन्ने निर्णय बमोजीम सिमिति मानिसहरुले मात्र आवत जावत गर्ने गरेका छन् ।
दैनिक पाँच सय बढी मानिसहरु आउने जाने यस नाकाकमा संक्रमण फैलिएसंगै पछिल्लो समय दैनिक दुई सयको हाराहारीमा मात्र मानिसहरुले आउने जानेको गरेका छन् ।
सिमामा बसेको सशस्त्र र जनपथ प्रहरीले डबल डोज लगायको खोप कार्ड, कार्ड नभएमा ७२ घण्टे संक्रमण नेगेटिभ रिपोर्टका आधारमा नगरपालिकाबाट खटाइएका स्वास्थ्यकर्मीले ज्वरो जाँच गरेर मात्र आवत जावत गर्न दिने गरेको वार्ड प्रहरी कार्यालय भद्रपुरका प्रमुख प्रहरी निरिक्षक दलकुमार राईले बताए ।
उनले नाकामा सक्रिय प्रहरी तैनाथ गरिएको हुँदा गैरबाटो आवत जावत गर्नेको संख्यामा पनि कमी आएको बताउँदै नाका दैनिक बिहाना ६ बजे देखि बेलुका ६ सम्म मात्र खोल्ने गरेको बताए ।
नेपाल र भारतमा बसोबास गर्ने मानिसहरुको खेतीपाती गर्न जान आउन, र नेपालका विभिन्न उद्योगहरुमा काम गर्न आउने मजदुरहरुको संख्या बढी भए पनि अन्य मानिसहरुको संख्या भने न्युन रहेको छ ।