२०८३ असार ७ गते , आईतबार
झापामा बुबाले चलाएको ट्याक्टरले किचेर छोरीको मृत्यु
झापा । झापामा बुबाले चलाएको ट्याक्टरले किचेर छोरीको मृत्यु भएको छ । कनकाई नगरपालिका- ७ स्थित दुर्गापुरमा बालकृष्ण दुलालले चलाएको ट्याक्टरले किचेर आफ्नै दुई वर्षीय छोरी आरुची दुलालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुलालको मे १ त ७५९ नम्बरको ट्याक्टर पछाडि सार्ने क्रममा ट्याक्टर पछाडि खेलिरहेकी आफ्नै छोरीलाई किचेको थियो । ट्याक्टर किच्दा छोरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।