२०८३ असार ७ गते , आईतबार

ताप्लेजुङमा आगलागी, ४२ लाखभन्दा बढीको क्षति

sajilo news
पार्थ मण्डल
२०७८ माघ १४ गते , शुक्रबार
ताप्लेजुङमा आगलागी, ४२ लाखभन्दा बढीको क्षति

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेनमा आगलागी हुँदा ४२ लाखभन्दा बढीको क्षति भएको छ । शुक्रबार मेरिङदेन गाउँपालिका–६ नाल्बुका कन्चन लिम्बुको घरमा आगलागी भएको हो ।

आगलागीबाट घर तथा घरभित्र रहेका सुनचाँदी, भाँडाकुँडा, लत्ताकपडा, अन्नपातलगायत नष्ट भएका छन् । करिब ४२ लाख ३५ हजार रुपैयाँको क्षति भएको प्रहरीले जनाएको छ । स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

सम्बन्धित समाचार