२०८३ असार ७ गते , आईतबार

नाला खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ माघ १४ गते , शुक्रबार
नाला खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु

उदयपुर । नाला खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर उदयपुरमा एक जनाको मृत्यु भएको छ । उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेस्थितमा नाला खन्ने क्रममा ५६ वर्षीय झर्कबहादुर सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी बेदप्रसाद गौतमले जानकारी दिए ।

नाला खन्ने क्रममा माटोको ढिस्को झर्दा उनको शरीरका विभिन्न भागमा चोट लागेको थियो ।  गम्भीर घाइते भएका सार्कीको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु प्रहरीले जनाएको छ। रासस

सम्बन्धित समाचार