२०८३ असार ७ गते , आईतबार
जङ्गली हात्तीको आक्रमणबाट झापामा एक वृद्धको मृत्यु
झापा । जङ्गली हात्तीको आक्रमणबाट झापामा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका ३ गोलाटार निवासी- ६३ वर्षीय गणेशप्रसाद अधिकारी रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए । प्रहरीका अनुसार सोमबार बेलुका ८ बजे अधिकारी घर नजिकैको मकैमा पानी लगाउन कुलोमा गएका थिए ।
सोही बेला हुम्सेदुम्से सामुदायिक वनबाट निस्किएको हात्तीले उनीमाथि आक्रमण गरेको र उनको घटनास्थलमै मृत्युु भएको हो । सो क्षेत्र हात्ती प्रभावित क्षेत्र पनि हो । त्यहाँ दिनहुँ जसो हात्ती गाउँ घरमा निस्किने गरेको स्थानीयबासी बताउँछन् ।