२०८३ असार ७ गते , आईतबार

विभागले राष्ट्रिय जनगणनाको तथ्यांक बुधबार सार्वजनिक गर्ने

sajilo news
पार्थ मण्डल
२०७८ माघ ११ गते , मंगलबार
विभागले राष्ट्रिय जनगणनाको तथ्यांक बुधबार सार्वजनिक गर्ने

झापा। केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा तयार गरेको छ । सो जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत २०७८ भदौ ३० गतेदेखि असोज १८ गतेसम्म भएको थियो ।

त्यस्तै दोस्रो चरणको जनगणना २०७८ कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म भएको थियो । नेपालको संविधान २०७२ सालपछि मुलुकमा भएको यो पहिलो जनगणनाको प्रारम्भिक नतिजा भोलि सार्वजनिक गर्ने विभागका निर्देशक ढुण्डीराज लामिछानेले बताए ।

सम्बन्धित समाचार