२०८३ असार ७ गते , आईतबार
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
झापा । सुनसरीको इटहरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुम जिल्ला साब्लाका ४५ वर्षीय बम बहादुर लिम्बु रहेका छन् ।
उप-इटहरी महानगरपालिका–१० मा आइतबार साँझ ६ बजे इटहरीबाट विराटनगर तर्फ जाँदै गरेको को ११ प ७९३२ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको को १ ख ६१६२ नम्बरको बसले ठक्कर दिँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका चालक लिम्बुको एपेक्स अस्पताल इटहरीमा उपचारको क्रममा मृत्यु भएको थियो । दुर्घटनामा संलग्न बस र चालक भुवन कुमार विष्ट इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ ।