२०८३ असार ७ गते , आईतबार

ध्रुवे हात्तीको आक्रमणबाट एक सैनिक मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ माघ २ गते , आईतबार
ध्रुवे हात्तीको आक्रमणबाट एक सैनिक मृत्यु

चितवन । निकुञ्ज सुरक्षार्थ खटिएको खड्गदल गणमा कार्यरत नेपाली सेनाका अमल्दार गुप्तबहादुर थापाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार हात्तीको आक्रमणमा परी गम्भीर घाइते थापाको उपचारका क्रममा शनिबार राति ११ बजे पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार बाग्लुङ्को फिम्ती गाउँपालिका–४ घर भई खड्गदल गणमा कार्यरत ३५ वर्षीय थापा शनिबार साँझ  ६ बजे निकुञ्ज सुरक्षार्थ साइकल गस्तीमा निस्किएका थिए। उक्त समयमा उनलाई निकुञ्जमै जंगली हात्ती ध्रुवेले आक्रमण गरेको थियो। रासस

सम्बन्धित समाचार