२०८३ असार ७ गते , आईतबार

कोठामा निस्सासिएर एकै परिवारका चार जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ माघ २ गते , आईतबार
कोठामा निस्सासिएर एकै परिवारका चार जनाको मृत्यु

झापा । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बुद्बुदी गाउँमा निस्सासिएर एकै घरका चार जनाको मृत्यु भएको छ । शिवालय गाउँपालिका–४ जाजरकोट स्थायी घर भएका ३५ वर्षीय कल्पा बुढा, उनका ९ वर्षीय छोरा चिरञ्जीवी, ८ वर्षीय छोरा निरज र कल्पाकै दाजुको पाँच वर्षीय छोरा सम्राट घरमै मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए।

शुक्रबार बेलुकी घरमा कोइला बालेर झ्याल ढोका थुनेर बस्दा उनीहरूको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । सोही घरमा बसेका कल्पाका ससुरा हिजो बिहानै उठेर मन्दिर दर्शन गर्न गएका थिए । दिउँसो ४ बजे फर्केर आउँदा समेत कोही नउठेको देखेपछि उनले प्रहरीलाई खबर गरेका थिए ।

सम्बन्धित समाचार