२०८३ असार ७ गते , आईतबार

अन्ततः झापाका दुई पालिकाले गरे भूमि आयोगसँग सम्झौता

sajilo news
पार्थ मण्डल
२०७८ माघ १ गते , शनिबार
अन्ततः झापाका दुई पालिकाले गरे भूमि आयोगसँग सम्झौता
झापा । अटेर गर्ने झापाका दुई पालिकाले अन्ततः अव्यवस्थित बसोबास र भूमिहीनको लगत सङ्कलन र नाप जाँचका लागि राष्ट्रिय भूमि आयोगसँग सम्झौता गरेका छन् ।
शिवसताक्षी नगरपालिका र दमक नगरपालिकाले आयोगसँग सम्झौता गरेका हुन् । पुस २७ गते दमक नगरपालिका र २८ गते शिवसताक्षी नगरपालिकाले सम्झौता गरेको शिवसताक्षी नगरका सहायक सूचना अधिकारी डिल्ली नेपालले बताए ।
यसअघि बुद्धशान्ति र कनकाईले सम्झौता गरेका थिए । झापाबाट चार वटा पालिकालाई अव्यवस्थित बसोबास र भूमिहीनको लगत सङ्कलन र नाप जाँचका लागि राष्ट्रिय भूमि आयोगसँग सम्झौताका लागि बोलाइएको थियो ।
देशभरका ९१ वटा स्थानीय तहलाई राष्ट्रिय भूमि आयोगले पुस २४ गते आयोगको कार्यालय काठमाडौंमा सम्झौताका लागि बोलाएको थियो । त्यस दिन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले एक कार्यक्रमका बिच उद्घाटन गर्ने कार्यक्रम थियो ।
शिवसताक्षी नगरका प्रमुख चन्द्रकुमार शेर्माले आयोगका पदाधिकारीसँग सम्पर्क गरेर पछि सम्झौता गरे पनि हुन्छ भन्ने जानकारी आएकाले २४ को ठाउँमा ४ दिन ढिलो २८ गते मात्र सम्झौता गरिएको बताए ।

सम्बन्धित समाचार