२०८३ असार ७ गते , आईतबार

सशस्त्र र एसएसबीद्वारा सीमा नाकामा संयुक्त गस्ती

sajilo news
पार्थ मण्डल
२०७८ माघ १ गते , शनिबार
सशस्त्र र एसएसबीद्वारा सीमा नाकामा संयुक्त गस्ती

भद्रपुर । नेपाल भारतको सिमानामा सशस्त्र प्रहरी र भारतीय एसएसबीले संयुक्त गस्ती सञ्चालन गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट भद्रपुरका इन्स्पेक्टर विभुराज दाहाल र ४१ बटालियन एसएसबी भात गाउँका इन्स्पेक्टर विवेक शर्माको नेतृत्वमा शनिवार संयुक्त गस्ती सञ्चालन गरेका हुन् ।

संयुक्त गस्ती टोलीले सीमा पिलर नम्बर १०१ देखि १०२ सम्म गस्ती गरेका थिए । संयुक्त टोलीले सो क्रममा सीमाका स्तम्भहरूको निरीक्षण गर्नुका साथै महत्त्वपूर्ण जानकारीहरू एक आपसमा आदान प्रदान गरेका थिए । एसएसबीका इन्स्पेक्टर शर्माका अनुसार यो अभियान सञ्चालन गर्नुको मुख्य उद्देश्य सीमा सुरक्षा, दुवै देशका सीमावर्ती क्षेत्रका जनतामा राष्ट्रभक्तिको भावना जगाउने, आफ्ना क्षेत्रमा रहेका गलत र शङ्कास्पद व्यक्तिको सूचना दिनु बताए ।

साथै खुला सिमानाको फाइदा उठाउँदै लागु औषध, हातहतियार, तस्करीलगायत अवैध व्यापारमा संलग्न तस्कर तथा राष्ट्र विरोधी तत्त्वहरूको पहिचान गरी कारबाही गर्ने उद्देश्य रहेको उनको भनाई छ । 

सम्बन्धित समाचार