२०८३ असार ७ गते , आईतबार

धनकुटामा टिपर दुर्घटना : चालक र परिचालकको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ पौष ३० गते , शुक्रबार
धनकुटामा टिपर दुर्घटना : चालक र परिचालकको मृत्यु

धनकुटा। धनकुटाको धनकुटा नगरपालिका २ नागढुङगामा शुक्रबार बिहान टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । टिपर चालक प्युठानको माण्डबी गाउँपालिका–१ का २७ वर्षीय भुबन ठेडी मगर र परिचालक दाङको बबई गाउँपालिका–३ का २१ वर्षीय नबिन बिश्वकर्माको घटनास्थलमै मृत्यु भएको हो । 

धनकुटाबाट बसन्तपुर जाँदै गरेको बाग्मती प्रदेश ०३–००१ क ०५४९ नम्बरको टिपर आज बिहान पौने ५ बजे अनियन्त्रित भई सडकबाट अन्दाजी २५ मिटर तल खस्दा चालक र परिचालक च्यापिएको प्रहरी चौकी हिले धनकुटाले जनाएको छ ।

सम्बन्धित समाचार