२०८३ असार ७ गते , आईतबार

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ पौष २९ गते , विहीबार
छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु
झापा । मोरङ र सुनसरीका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मोरङको उर्लाबारी नगरपालिका–७ मा बुधवार राती पौने ८ बजे भ्यान र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।
पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको को १ च ३६४४ नम्बरको भ्यान र विपरीत दिशा तर्फ जाँदै गरेको ना १३ प ७६३२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा घाइते भएका मोटरसाइकल चालक स्थानीय २१ वर्षीय पवन लिम्बुको उपचारको क्रममा बिएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै  सुनसरीको कोसी गाउँपालिका–३ को भित्री सडक खण्डमा ट्याक्टरको ट्रलीले किचेर एक जनाको मृत्यु छ । बुधवार साँझ ६ बजे उखु लोड गरी डोरीले बाँध्ने क्रममा एक्कासि ट्याक्टरको ट्रली पल्टेर किच्दा स्थानीय ४० वर्षीय कुमार उरावको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार