२०८३ असार ७ गते , आईतबार
वीरता लेडी जेसीजकी अध्यक्षमा संगिता चिमरिया
झापा। वीरता लेडी जेसीजमा अन्ततः सर्वसम्मतीबाट नेतृत्व चयन भएको छ । शाखा अधिवेशन उद्घाटन भएको १० दिनपछि संगिता चिमरियाको अध्यक्षतामा लेडी जेसीजले नयाँ नेतृत्व पाएको हो । चिमरियालाई रोक्नका लागि गरिएका अनेकौं प्रयास विफल भएपछि सर्वसम्मतीबाटै उनैलाई २०२२ को अध्यक्ष बनाइएको छ ।
लेडी जेसीजको कार्यकारिणी उपाध्यक्षमा झुमा चुडाल, सुमित्रा भट्टराई, उपाध्यक्षमा सेलिसा उप्रेती, समिरा दाहाल, पुजा खरेल, निशा शाक्य, सहसचिवमा अर्चना राउत, जनसम्पर्क अधिकारीमा दिपा शिवाकोटी, तालिम संयोजकमा श्रेयसी चौधरी, शाखा सम्पादकमा लानीमाया तामाङ सर्वसम्मत चयन भएका छन् । यस्तै, अध्यक्ष चिमरियाले कानुनी सल्लाहकारमा हिमा पौडेल, कोषाध्यक्षमा संगिता गिरी, महासचिवमा युनिता दवाडीलाई मनोनित गरेकी छन् ।