२०८३ असार ७ गते , आईतबार

दमकमा विद्यार्थीको प्रदर्शन

sajilo news
पार्थ मण्डल
२०७८ पौष २५ गते , आईतबार
दमकमा विद्यार्थीको प्रदर्शन
झापा । दमक बहुमुखी क्याम्पसका विद्यार्थीहरुले आज क्याम्पस मोड क्षेत्रमा प्रदर्शन गरेका छन् । सार्वजनिक सवारीका साधनले विद्यार्थीलाई सवारीका सधानमा चढाउन नमानेको भन्दै उनीहरूले आज क्याम्पस मोड क्षेत्रमा नाराबाजी सहित प्रदर्शन गरेका हुन् । स्वतःस्फूर्त रूपमा सडकमा आएका उनीहरूले यातायात व्यवसायीको ज्यादती विरुद्ध नाराबाजी गर्दै केही समय पूर्व पश्चिम लोक मार्गमा सवारीका साधन चल्न दिएनन् ।

केही दिन अघि विद्यार्थीका तर्फबाट केही प्रतिनिधि सहित दमकका प्रहरी प्रमुख, ट्राफिक प्रमुख र यातायात व्यवसायी बिच विद्यार्थीलाई सहज रूपमा क्याम्पस मोडबाट चढ्न दिने सहमति भएको तर त्यसको कार्यान्वयनमा यातायात व्यवसायीले अटेर गरेका कारण आफूहरूले विरोध प्रदर्शन गरेको अखिल क्रान्तिकारी झापाका उपाध्यक्ष लक्ष्मी नेपालले जानकारी दिए ।

आगामी दिनमा सो क्षेत्रमा ट्राफिक प्रहरी र नेपाल प्रहरीले क्याम्पस आउने र जाने समयमा सहजीकरण गर्ने सहमति पश्चात् बिद्यार्थीहरुले अवरुद्ध सडक खोल्न सहमति जनाएका थिए ।

सम्बन्धित समाचार