२०८३ असार ७ गते , आईतबार

३४ एसपीको सरुवा, झापामा पोखरेल आउँदै

sajilo news
पार्थ मण्डल
२०७८ पौष २५ गते , आईतबार
३४ एसपीको सरुवा, झापामा पोखरेल आउँदै

झापा । नेपाल प्रहरीका ३४ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा भएको छ। प्रहरी महानिरीक्षकको आइतबारको निर्णयअनुसार सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सिरहा, पाल्पा, बारा, पूर्वी नवलपरासी, झापा र कन्चनपुरका प्रहरी प्रमुख फेरिएका छन्। एसपीहरूको सरुवा भएसँगै केही जिल्लाका प्रहरी प्रमुखहरू फेरिएका छन्। सिरहाका एसपी हिराबहादुर पाण्डे निलम्बनमा परेपछि अर्जुनप्रसाद तिमिल्सिनालाई पठाइएको छ। विश्वमणि पोखरेललाई झापा र श्यामसिंह चौधरीले कन्चनपुर प्रहरी प्रमुखको जिम्मा पाएका छन्। पाल्पामा जनकबहादुर शाही, बारामा सिंह देउवा, प्रज्वल महर्जनलाई पूर्वी नवलपरासीको जिम्मा दिइएको छ।

सम्बन्धित समाचार