२०८३ असार ७ गते , आईतबार
समृद्धि-सनसाईन सहकारीको अध्यक्षमा कार्की र उपाध्यक्षमा धमला चयन
भद्रपुर । समृद्धि-सनसाईन बचत तथा ऋण सहकारी संस्था भद्रपुरको अध्यक्षमा प्रकाश कार्की निर्विरोध निर्वाचित भएका छन् । भद्रपुरमा शनिवार सम्पन्न संस्थाको एकीकृत आठौँ बार्षिक साधाराणसभाले कार्कीलाई अध्यक्षमा निर्विरोध चयन गरेका हुन् ।
चार बर्से कार्यकालका ९ सदस्यीयसहितको संस्थाको उपाध्यक्षमा सन्तोष धमला, सचिवमा दयालाल राजवंशी, सहसचिवमा उत्तमकुमार श्रेष्ठ र कोषाध्यक्षमा डमर गौतम निर्विरोध चयन भएका छन् । त्यस्तै सदस्यहरूमा शर्मिला अधिकारी, जसोदा वन, श्याम खतिवडा र अरुणकुमार भगतलाई चयन भएका छन् ।
सभाले ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति समेत गठन गर्दै निर्वाचित पदाधिकारीहरूलाई शनिवार नै प्रमाणपत्र वितरण गरिएको समिति संयोजक डिल्ली ढकालले जानकारी दिए । संस्थाका अध्यक्ष योगेन्द्र पौडेलको अध्यक्षतामा सभा सम्पन्न भएको थियो ।