२०८३ असार ७ गते , आईतबार
सताक्षीधाममा सुन्रसाथहरुको ‘प्रेमभोज’
झापा । श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल झापा र श्रीकृष्ण प्रणामी बाइजूराज महिला समिति झापाले शनिवार झापाको धार्मिकस्थल सताक्षीधाममा बृहत् रुपमा ‘श्रीकृष्ण प्रेमभोज’ आयोजना गरेका छन् ।
बाइजूराज महिला समिति झापाकी अध्यक्ष मिरा अधिकारी ओलीको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोपिधाम धरानका गाधीपति जगतनन्दन महाराजज्यूको आसिर बचन तथा विशिष्ट अतिथिको रुपमा गौलोक गोवद्र्धनधामका संरक्षक आचार्य श्री नन्द किशोर भारद्वाजज्यूको प्रवचन रहेको थियो ।
युवा परिषद् झापाका अध्यक्ष टहलदास ओलीले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा सेवा समिति नेपालका सल्लाहकार चरण प्रसाद ढुङ्गाना, सत्सङ्ग परिषद् झापाका उपाध्यक्ष विष्णु प्रसाईँ, युवा परिषद् झापाका संस्थापक अध्यक्ष प्रजापति कोइराला, पूर्व अध्यक्ष युवराज सङ्ग्रौला, युवा परिषद् नेपालका केन्द्रीय उपाध्यक्ष टङ्क ओझा, केन्द्रीय उप–महासचिव सुभाष रिजाल, सदस्य मदन अधिकारी, १ नं प्रदेश अध्यक्ष अनिल ढुङ्गाना, उपाध्यक्ष खगेन्द्र बास्तोला, बाइजुराज १ नं प्रदेश संयोजक गङ्गा घिमिरे, झापाकी निवर्तमान अध्यक्ष प्रेमकुमारी भट्टराईलगायत छिमेकी जिल्ला इलाम, मोरङ र सुनसरी जिल्लाबाट जिल्ला अध्यक्षहरू लगायत प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो ।
झापा जिल्लाअन्तर्गतका ३४ वटा इकाईमा रहेको मन्दिर समिति, युवा परिषद् तथा बाइजुराज अध्यक्षहरू लगायत पदाधिकारी र सदस्यहरूका साथै पाँच सय बढी सुन्दरसाथहरुको सहभागिता थियो ।
सुन्दरसाथहरुबीच प्रेमको सन्देश आदान–प्रदान गर्ने उद्देश्यले ‘प्रेमभोज’ आयोजना गरिएको युवा परिषद् झापाका अध्यक्ष ओलीले बताए ।
कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न भएको युवा परिषद् झापाका उपाध्यक्ष सुरज सापकोटाले जानकारी दिए । उक्त कार्यक्रमको संयोजकमा उपाध्यक्ष सापकोटा, सह–संयोजक बाइजुराज उपाध्यक्ष तारा कट्टेल तथा सदस्यमा बिर्तामोड युवा परिषद्का अध्यक्ष दिनोज बजगाईँ, चारपाने प्रा.स.का अध्यक्ष बासूँ पाण्डेलगायत १५ जनाको समितिले कार्यक्रम व्यवस्थापन गरेको थियो ।