२०८३ असार ३ गते , बुधबार

साइकल यात्रीलाई जोगाउन खोज्दा झापामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ आश्विन १७ गते , आईतबार
साइकल यात्रीलाई जोगाउन खोज्दा झापामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
झापा । मोटरसाइकल दुर्घटनामा परी झापामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका- ११ निवासी ३५ वर्षीय लक्ष्मी भण्डारी रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।
प्रहरीका अनुसार शनिवार साँझ पूर्व-पश्चिम राजमार्ग अन्तरगत शिवसताक्षी-११ स्थित शिव चोकमा उत्तरबाट दक्षिण तर्फ बाटो काट्ने क्रममा साइकल यात्रीलाई सोही दिशातर्फ जाँदै गरेको प्र- १-०१-०१२ प ७८१९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकलले साइकल यात्रीलाई जोगाउन खोज्दा सो दुर्घटना भएको बताइएको छ । 
दुर्घटनामा परी साइकल यात्री शिवसताक्षी- ११ निवासी ५५ वर्षीय रामचन्द्र कट्टेललाई सामान्य चोट लागेको थियो ।  दुर्घटनामा मोटरसाइकल चालक शिवसताक्षी- ७ निवासी २५ वर्षीय सुवास भण्डारी सामान्य चोट लागेको र सोही मोटरसाइकल पछाडि सवार भण्डारी गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका भण्डारीको बिर्तासिटि अस्पताल बिर्तामोडमा उपचारको क्रममा आइतबार बिहान साढे ६ बजे मृत्यु भएको डिएसपी थापाले बताए । यता इलाका प्रहरी कार्यालय झिलझिलेले चालक भण्डारी र मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । 

सम्बन्धित समाचार