२०८३ असार ४ गते , विहीबार

ट्याक्टर दुर्घटना : चालकको मृत्यु, सह-चालक घाइते

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र २४ गते , विहीबार
ट्याक्टर दुर्घटना : चालकको मृत्यु, सह-चालक घाइते
झापा । सोलुखुम्बुमा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका- ८ दिप्लीघाट स्थितमा लु ३ त ५४५० नम्बरको ट्याक्टर आफै दुर्घटना हुँदा चालक उदयपुर कटारीका २६ वर्षीय रमेश राउतको मृत्यु भएको छ । दुर्घटनामा परी सहचालक खोटाङ ऐसेलु खर्क- ३ का १८ वर्षीय प्रदीप दाहाल सामान्य घाइते भएका छन् । उनको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
सल्लेरीबाट सोताङतर्फ जाने क्रममा सो ट्याक्टर आफै अनियन्त्रित भई सडक देखि १० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सोलुले जनाएको छ ।

सम्बन्धित समाचार