२०८३ असार १ गते , सोमबार

सुजिताको हत्यारालाई कारबाहीको माग गर्दै मेचीनगरमा विरोध प्रदर्शन

sajilo news
पार्थ मण्डल
२०७८ असार २८ गते , सोमबार
सुजिताको हत्यारालाई कारबाहीको माग गर्दै मेचीनगरमा विरोध प्रदर्शन

झापा ।  सुजिता भण्डारीको हत्यारालाई कारबाही गर र महिला हिंसा बन्द गर भन्दै मेचीनगरका युवायुवतीले विरोध प्रदर्शन गरेका छन् । मेचीनगरका युवायुवतीले सोमबार साँझ मेचीनगर नगरपालिका ७ स्थित इँटाभट्टा चोकमा शान्तिपूर्ण विरोध र्‍याली प्रदर्शनसँगै द्विप प्रज्वलन गर्दै घटनाको गहिरो र गम्भीर अनुसन्धानमार्फत दोषीलाई अविलम्ब कानुनी कठघरामा उभ्याउन सरकारसँग माग गरेका छन् ।

विरोध प्रदर्शन कार्यक्रमको नेतृत्व मेचीनगरका युवा सौरभ बस्नेत र अर्जुन गौतमले गरेका थिए ।असार ११ गते बिहान करिब ६ बजेतिर साथीको घर जना भनेर हिँडेकी चितवन राप्ती नगरपालिका वडा ३ घर भएकी २३ वर्षीया सुजिता भण्डारी रहस्यमय मृत्युको भएको थियो । 

सम्बन्धित समाचार