इनर व्हील क्लब अफ भद्रपुरको अध्यक्षमा कुसुम अधिकारी
भद्रपुर । इनर व्हील क्लब अफ भद्रपुरको अध्यक्षमा कुसुम अधिकारी (पराजुली) चयन भएकी छिन । रोटरी क्लब अफ भद्रपुरको आइतबार सम्पन्न पद हस्तान्तरण कार्यक्रममा इनर व्हीललाई आधिकारिता प्रदान गर्दै अध्यक्षमा अधिकारीलाई चयन गरेका हुन।
क्लबका अन्य पदाधिकारीहरूमा भाइस प्रेसिडेन्टमा निर्मला निरौला, सेक्रेटरीमा प्रमीला ढकाल, टेजररमा शारदा सुवेदी (पराजुली), आइएसओमा अमृता हुमागाईँ (पराजुली), एडिटरमा आशा उप्रेती (पोख्रेल), एक्जुकेटीभ मेम्बरहरूमा क्रमशः रिता सरावगी, डिचेन शेर्पा, लिना राई (श्रेष्ठ), निता श्रेष्ठ, प्रभा ढकाल, जानकी पोखरेल, प्रनिता कोइराला, रेखा बराल (पोखरेल), मनिका अर्याल, शिला आचार्य ढकाल, हर्ष अग्रवाल, पूजा ढकाल, रश्मि साहेवाला, अर्चना अग्रवाल, मन्दिरा निरौला, गीता श्रेष्ठ, स्मृति वर्मा, मञ्जु सुब्बा, ललिता अर्याल, पवित्रा पराजुली र सरस्वती श्रेष्ठ रहेकी छिन ।
सामाजिक कार्यमा सक्रिय यो क्लब विश्वका १०४ वटा देशमा रहेको छ भने नेपालको यो ३१ औ क्लब हो ।