२०८३ असार १ गते , सोमबार

मरेका मान्छेको नाममा सवा १० लाख भत्ता हिनामिना, दुई सचिवविरुद्ध अख्तियारमा मुद्दा

sajilo news
पार्थ मण्डल
२०७८ असार २७ गते , आईतबार
मरेका मान्छेको नाममा सवा १० लाख भत्ता हिनामिना, दुई सचिवविरुद्ध अख्तियारमा मुद्दा

काठमाडौं । मृत्यु भइसकेका मानिसहरुको नाममा किर्ते गरी सामाजिक सुरक्षा भत्तावाफतको रकम हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई सचिवविरुद्ध मुद्दा दायर गरेको छ। जाजरकोटको साविक लहँ गाविसका सचिव दोर्ण प्रसाद पौडेल र दिपक सुनारविरुद्ध अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

पौडेलले विभिन्न आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्तावापतको रकम वितरण गर्दा झुठा कागज तयार गरी पाँच लाख ९३ हजार दुई सय रुपैयाँ हिनामिना गरेको खुलेको अख्तियारले जनाएको छ। पौडेलले सामाजिक सुरक्षा भत्तावाफतको रकम सम्बन्धित व्यक्तिलाई नबुझाई किर्ते हस्ताक्षर ल्याप्चे गरेको तथा मृत्यु भइसकेका कतिपय व्यक्तिको नामको भत्ता हिनामिना गरेको उजुरी परेको अख्तियारले जनाएको छ।

यस्तै सोही गाविसका तत्कालिन सचिव सचिव सुनारले पनि बिभिन्न आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्तावापतको रकम वितरण गर्दा झुठा कागज तयार गरी चार लाख ४० हजार चार सय हिनामिना गरेको खुलेको अख्तियारले जनाएको छ। दुवै जनाबाट बिगो रकम असुल गर्न मागदाबी गरिएको अख्तियारले जनाएको छ। 

तीन जनाविरुद्ध मुद्दा दायर

यस्तै अख्तियारले आइतबार गोरखाको बारपाकमा सडक निर्माणमा हिनामिना गरेको अभियोगमा तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ। 

 

सम्बन्धित समाचार