२०८३ असार १ गते , सोमबार

बिजुलीको पोलमा कार ठोक्किँदा दुर्घटना : एकको मृत्यु, चार जना घाइते

sajilo news
पार्थ मण्डल
२०७८ असार २७ गते , आईतबार
बिजुलीको पोलमा कार ठोक्किँदा दुर्घटना : एकको मृत्यु, चार जना घाइते

झापा । मोरङमा कार दुर्घटनामा परी एक हार्डवेयर व्यवसायीको मृत्यु भएको छ। दुर्घटनामा परी चार जना घाइते भएका छन् ।  जिल्लाको बूढीगंगा गाउँपालिका–१ मा शनिवार राति उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको बा १८ च ९७६ नम्बरको कार अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनामा परी 

हार्डवेयर व्यवसायी विराटनगर महानगरपालिका–३ निवासी ४० वर्षीय रमेश आचार्यको मृत्यु भएको छ। गम्भीर घाइते भएका आचार्यलाई उपचारका लागि न्युरो अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै दुर्घटनामा परेर कार चालक बूढीगंगा–१ का ४५ वर्षीय महाप्रसाद भट्टराई, ४० वर्षीय भीमप्रसाद घिमिरे, ३३ वर्षीय सन्तोष घिमिरे र विराटनगर–३ का २० वर्षीय विवेक नेपाल घाइते भएका छन् । घाइतेहरूको विराट र न्युरोमै उपचार भइरहेको छ। मादक पदार्थ सेवन गरेर तीव्र गतिमा चलाइएका कारण दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार