२०८३ असार १ गते , सोमबार

रोटरी क्लब भद्रपुरको पद हस्तान्तरण सम्पन्न

sajilo news
पार्थ मण्डल
२०७८ असार २७ गते , आईतबार
रोटरी क्लब भद्रपुरको पद हस्तान्तरण सम्पन्न

भद्रपुर । रोटरी क्लब अफ भद्रपुरको पद हस्तान्तरण कार्यक्रम आइतबार सम्पन्न भएको छ । होटेल उडल्याण्डको सभा हलमा एक संक्षिप्त कार्यक्रमका बिच पद हस्तान्तरण गरिएको हो । सन २०२०-२१ का अध्यक्ष आदित्य पराजुलीले सन २०२१-२२ का अध्यक्ष विगत ओझालाई क्लवको चार्टर सर्टिफिकेट प्रदान गरी पद भार ग्रहण गरेका थिए । 

पद हस्तान्तरण कार्यक्रम नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष चण्डीराज ढकालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल उद्योग वाणिज्य सङ्घ प्रदेश-१ का अध्यक्ष टिकाराज ढकाल, भद्रपुर नगरपालिका-८ नम्बर वडा अध्यक्ष गौरव सुब्बा (मनोज) लगायतले शुभकामना मन्तव्य राखेका थिए । क्लबका प्रेसिडेन्ट इलेक्ट ईश्वर अधिकारीले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य चार्टर प्रेसिडेन्ट किशोर पराजुलीले राखेका थिए । रोटरी क्यालेन्डर अनुसार अध्यक्ष ओझाले जुलाई एक तारिख देखि पदभार सम्हालेका हुन । 

सोही कार्यक्रममा अन्य पदाधिकारीहरू सेक्रेटरी प्रज्वल राई, ज्वाइन्ट सेक्रेटरी पवन कुमार श्रेष्ठ, टेजरर किशोर पराजुली, क्लब एडमिनिष्टशन डाइरेक्टर कविन राई,मेम्बर सिप डाइरेक्टर राजकुमार पोखरेल,पब्लिक रिलेसन डाइरेक्टर दीपेश ढकाल,रोटरी फाउन्डेसन चेयर टिकाराज ढकाल, सर्भिस प्रोजेक्ट डाइरेक्टर धनजुजु श्रेष्ठ, सरजेन्ट एट आम्स सुभाष रत्न शाक्य,आइ टी अफिसर उज्ज्वल श्रेष्ठ,यूथ सर्भिस प्रदीप सरावगी,सोसियल मिडिया एन्ड क्लब बुलेटिन सञ्जय राज पोखरेललाई समेत पदभार ग्रहण गराइएको थियो ।

कार्यक्रममा इनर विल भद्रपुरलाई समेत आधिकारिकता प्रदान गरिएको छ । इनर विलका अध्यक्ष कुसुम अधिकारी पराजुलीले आफ्नो समूहको परिचय गराउँदै इनर विलको के हो भन्ने विषयमा सान्दर्भिक मन्तव्य राखेकी थिइन् । कार्यक्रममा रोट्याक क्लब अफ भद्रपुरका अध्यक्ष सुमित मण्डलले आफ्नो टिमलाई समेत शपथ खुवाएका थिए । 

सम्बन्धित समाचार