२०८३ असार १ गते , सोमबार

रोकिएन काठ तस्करी : बुद्धशान्तिको होक्सेबाट अवैध सखुवाको काठसहित ट्याक्टर नियन्त्रण

sajilo news
पार्थ मण्डल
२०७८ असार २६ गते , शनिबार
रोकिएन काठ तस्करी : बुद्धशान्तिको होक्सेबाट अवैध सखुवाको काठसहित ट्याक्टर नियन्त्रण

झापा । प्रहरीले झापाको बुद्धशान्ति गाउँपालिका– १ होक्सेबाट अवैध सखुवाको काठ बरामद गरेको छ । गएराति ८ बजे बुद्धशान्ति १ होक्सेबाट मे १ त २७४७ नम्बरको ट्याक्टरबाट प्रहरीले गोलिया १८ थान २६.७१ क्यूफिट र चिरान फेन्टा ९ थान १५.८६ क्यूफिट गरी जम्मा ४२.५६ क्यूफिट काठ बरामद गरेको हो । त्रिपालले छोपेर बुधवारेतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले उक्त काठ फेला पारेको हो।इलाका प्रहरी कार्यालय बुधबारेबाट सादा पोसाकमा गएका प्रहरीलाई देखेर चालकले ट्याक्टर भगाउन खोजेका थिए ।

प्रहरीले ट्याक्टर नियन्त्रणमा लिई चाबी खोसेपछि स्पेयर चाबीले ट्याक्टर भगाए पनि बाटो नभेटेपछि ट्याक्टर छोडेर चालक भागेको स्थानीयले बताएका छन् । आवश्यक कारबाहीको लागि माई सब डिभिजन बन कार्यालय इलामसँग समन्वय भइरहेको, चालक तत्काल फरार रहेकोले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित समाचार