२०८३ असार १ गते , सोमबार
अर्जुनधारामा करेन्ट लागेर एक मजदुरको मृत्यु
झापा । झापाको अर्जुनधारामा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम जिल्ला सन्दकपुर २ घर भई हाल बिर्तामोड १ बस्ने ३८ वर्षीय आयुष राई रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार शुक्रवार बेलुका ५ बजेर १५ मिनेटमा अर्जुनधारा ६ स्थित पूर्वेली टोलमा अमृतकुमार गुरुङको एक तले घरको छत ढलान गरी ढलानको भाईब्रेटर मेसिनको तार फुस्काउने क्रममा मजदुर राईलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका उनलाई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड पुर्याए लगतै मृत्यु भएको प्रहरीले जनाएको छ ।