भद्रपुर जेसीजको ४६ औं स्थापना दिवसमा सम्मान
झापा । भद्रपुर जेसीजले आफ्नो ४६ औं स्थापना दिवस भव्य रुपमा मनाएको छ । भद्रपुर जेसीजका अध्यक्ष खिलनाथ पाण्डे (निकास)को अध्यक्षता तथा प्रदेश सांसद ओम सरावगीको प्रमुख आतिथ्य भएको कार्यक्रममा केक काटेर स्थापना दिवस मनाएका हुन् । सोही अवसरमा भद्रपुर जेसीजका संस्थापक उपाध्यक्ष कृष्ण दाहाल र संस्थापक सदस्य ओम सरावगीलाई सम्मान गरिएको थियो कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष हरि पोख्रेल, भद्रपुर जेसीजका पूर्व अध्यक्षहरू उज्ज्वल श्रेष्ठ , जय तिम्सिना, लोकनाथ भट्टराई, किरणकुमार शर्मा, अभिषेक ढुङ्गाना, अनुज खतिवडा, निवर्तमान अध्यक्ष डिल्लीराम पोखरेल, समाजसेवी हरि तिम्सिना, ६ नम्बर वडा सदस्य प्रकाश शर्मा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा अध्यक्ष पाण्डेले एक संक्रमित, एक दाता भन्ने अभियानले कोरोना संक्रमित व्यक्तिको घर घरमा गएर राहत वितरण गरिएको कार्यक्रमले भद्रपुर जेसीजलाई नयाँ उचाइमा पुर्याएको बताए । आस्था वाचन जेसीजका कार्यकारी उपाध्यक्ष रमेश कार्की, कार्यकारी उपाध्यक्ष आरिफ अलिले गरेका थिए । स्वागत मन्तव्य कार्यक्रम संयोजक युवराज न्यौपाने राखेको कार्यक्रम सञ्चालन महासचिव मनोज भट्टराईले गरेका थि