२०८३ असार १ गते , सोमबार
नालामा डुबेर झापामा एकजनाको मृत्यु
झापा । झापाको शिवसताक्षीमा नालामा डुबेर एकजनाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका ३ दिङ्लाधाप निवासी ७५ वर्षीय नरध्वज लिम्बूको हिजो साँझ डुबेर मृत्यु भएको हो । छिमेकीको मलामी गई माई खोलाबाट घर फर्किने क्रममा घर नजिकै रहेको बाटो बनाउँदा बनेको नालामा लडिरहेको अवस्थामा स्थानीयले देखेर बाहिर निकाल्दा उनको मृत्यु भइसकेको थियो ।
इलाका प्रहरी कार्यालय झिलझिलेका अनुसार सडक किनारमा जमेको पानीमा उनी चिप्लिएर लडेका थिए । २ फिट गहिराइको पानीमा डुबेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मापसे सेवन गरेका लिम्बूको नालामा टाउको मात्र डुबेको थियो ।