२०८३ असार १ गते , सोमबार

तमोर नदीले बगाउँदा एक बालिकाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ असार २४ गते , विहीबार
तमोर नदीले बगाउँदा एक बालिकाको मृत्यु

झापा । पाँचथरमा तमोर नदीले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । कुम्मायक गाउँपालिका–३ रानागाउँका पदमसुन्दर सम्बाहाम्फेकी ८ वर्षीया छोरी करिष्माको मृत्यु भएको हो । साथीसँग खेल्न गएकी करिष्मालाई खोलाले बगाएको थियो ।

बालिकाको शव आज भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिनुभयो । यस्तै, डिभिजन वन कार्यालय पाँचथरको पर्खाल भत्किँदा फिदिम नगरपालिका–१ शनिबारेमा १४ वर्षीया सञ्चिता राई घाइते भएकी छिन् । उनको उपचारका लागि झापाको बीएण्डसी अस्पताल लगिएको छ ।

सम्बन्धित समाचार