२०८३ असार १ गते , सोमबार
चट्याङ्ग लागेर मोरङमा एकको मृत्यु, चार जना घाइते
झापा । पानीसँगै परेको चट्याङ्ग लागेर मोरङमा एक जनाको मृत्यु भएको छ, भने अन्य चार जना घाइते भएका छन् । मोरङको रङेली नगरपालिका–६ मलङ्गथान स्थित पिठारीको रुखमुनि शीतल छहारीमा गफ गरी बसिरहेको अवस्थामा चट्याङ्ग पर्दा घाइते भएका सोही स्थानका २० वर्षीय नितेश रायको रङेली अस्पतालमा पुर्याउन साथ मृत्यु भएको थियो ।
त्यस्तै सोही स्थानका ४५ वर्षीय अशोक मण्डल, १७ वर्षीय विजय मण्डल, २२ वर्षीया सङ्गीता राय र २७ वर्षीय रबिन मण्डल घाइते भएका छन् । उनीहरूको रङेली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।