२०८३ असार १ गते , सोमबार

आजको मौसम : यी प्रदेशमा भीषण वर्षाको सम्भावना 

sajilo news
पार्थ मण्डल
२०७८ असार ९ गते , बुधबार
आजको मौसम : यी प्रदेशमा भीषण वर्षाको सम्भावना 

झापा । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज विभिन्न प्रदेशमा भीषण वर्षाको सम्भावना रहेको छ।
देशभर मनसुनी वायुको प्रभाव र दक्षिणी भू–भाग नजिक मनसुनी न्यून चापीय रेखाका कारण अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। प्रदेश १,  बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

महाशाखाका अनुसार बुधबार बिहान देशभर सामान्य मौसम बदली रही गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा र प्रदेश १, प्रदेश २ ,बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्ययम वर्षा भइरहेको छ।

दिउँसो पनि देशभर मौसम बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका  एक वा दुई स्थानमा भने भीषण वर्षाको सम्भावना रहेका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बुधबार राति देशभर सामान्य देखी पूर्ण बदली रही केही स्थानमा वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सम्बन्धित समाचार