२०८३ जेष्ठ ३० गते , शनिबार
‘स्पा’मा बालिकालाई जबरजस्ती अनैतिक कार्य गर्न लगाएपछि....
‘स्पा’मा बालिकालाई जबरजस्ती अनैतिक कार्य गर्न लगाउने एकजना महिला पक्राउ परेकी छिन् । प्रहरीले ललितपुर महानगरपालिका-२ सानेपा अरुण थापा चोकस्थित ‘शुकल्प स्पा एन्ड थेरापी’की सञ्चालिका गोरखाको सिरानचोक गाउँपालिका-३ की सुमन कुमाललाई पक्राउ गरेको हो ।
उनले स्पा सेन्टरमा कर्मचारीका रूपमा कार्यरत एक बालिकालाई विभिन्न प्रलोभनमा पारी सेवा लिन आउने ग्राहकको इच्छाअनुसार अनैतिक कार्य गराइरहेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।
उनी विरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत ललितपुरबाट पाँच दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।