२०८३ जेष्ठ १२ गते , मंगलबार

पाकिस्तानी इन्फ्लुएन्सर सनाको हत्यारालाई मृत्युदण्डको सजाय

sajilo news
एजेन्सी
२०८३ जेष्ठ ६ गते , बुधबार
पाकिस्तानी इन्फ्लुएन्सर सनाको हत्यारालाई मृत्युदण्डको सजाय

इस्लामाबाद ।  इस्लामाबादको एक अदालतले सामाजिक सञ्जालकी चर्चित इन्फ्लुएन्सर (सोशल मिडिया इन्फ्लुएन्सर) सना युसुफको हत्या अभियोगमा अभियुक्त उमर हयातलाई मृत्युदण्ड (फाँसी) को सजाय सुनाएको छ।

मङ्गलवार इस्लामाबादको एक जिल्ला तथा सत्र अदालतले उक्त हत्या मुद्दामा आफ्नो फैसला सुनाउँदै उमर हयातलाई सनाको परिवारलाई क्षतिपूर्तिको रूपमा २० लाख रुपैयाँ तिर्न समेत आदेश दिएको छ। यसका साथै, उमर हयातलाई सना युसुफको घरमा डकैती गरेको कसुर लगायत अन्य विभिन्न धाराहरू अन्तर्गत कुल २१ वर्षको जेल सजाय समेत सुनाइएको छ।

के थियो घटनाको कारण ?

गत वर्ष यो घटना घटेपछि आयोजना गरिएको एक पत्रकार सम्मेलनमा इस्लामाबादका आईजी (इन्स्पेक्टर जनरल) सैयद अली नासिर रिजवीले अभियुक्त उमर हयात कथित रूपमा सना युसुफको घरभित्र पसेर उनलाई दुई पटक गोली हानेको बताएका थिए।

अभियुक्त उमर हयातले आफूले बारम्बार सनासँग सम्पर्क गर्ने प्रयास गरेको तर सनाले अस्वीकार गरेका कारण उनको हत्या गरेको बयान दिएका थिए।

उमरले धेरै दिनदेखि सामाजिक सञ्जालमार्फत सना युसुफसँग सम्पर्क गर्ने प्रयास गरिरहेका थिए। त्यसपछि उनी सना युसुफको घरमा गएर सातदेखि आठ घण्टासम्म पर्खिएर बसेको कुरा पनि खुल्न आएको छ। जब सनाले त्यस दिन पनि भेट्न अस्वीकार गरिन्, तब उनले यो हत्याको योजना बनाई घटनालाई अन्जाम दिएका थिए।

सम्बन्धित समाचार