२०८३ असार १ गते , सोमबार
दमकमा जुवा खेलिरहेका ७ जना पक्राउ
झापाको दमकमा जुवा खेलिरहेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले दमक नगरपालिका-४ स्थित पारिजात टोलका शेर बहादुर राईको घरमा कौडा खेलिरहेको अवस्थामा राईसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४७ हजार रुपैयाँ र कौडा १६ थानसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।