२०८३ असार ७ गते , आईतबार

स्व. निश्चल बानियाको स्मृतिमा अक्षयकोष स्थापना

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन ९ गते , सोमबार
स्व. निश्चल बानियाको स्मृतिमा अक्षयकोष स्थापना
झापा । गत पुस २८ गते मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएका मोरङ जिल्ला उर्लाबारी नगरपालिका- ७ का १७ वर्षीय निश्चल बानियाको स्मृतिमा अक्षयकोष स्थापना गरिएको छ ।
गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले छोरा निश्चलको स्मृतिमा बुवा दीपबहादुर बानिया र आमा दीपिका बानियाले दुई लाख ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् ।
उर्लाबारी- ६ स्थित राधिका माध्यमिक विद्यालयमा स्थापित कोषको रकमबाट हरेक वर्ष विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने बताइएको छ । उनका बुबा र आमाले कोषको रकम विद्यालयका प्रधानाध्यापक कुमार पोखरेल, वडाध्यक्ष चिन्तामणि पौडेललाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन । स्व. निश्चल बानिया सोही विद्यालयमा विज्ञान सङ्कायमा कक्षा ११ मा अध्ययनरत थिए ।

सम्बन्धित समाचार