२०८३ असार ३ गते , बुधबार
निजामती कर्मचारी सङ्गठन सङ्खुवासभाको अध्यक्षमा चेतनाथ पराजुली
झापा । नेपाल निजामती कर्मचारी सङ्गठन सङ्खुवासभाको अध्यक्षमा चेतनाथ पराजुली सर्वसम्मत चयन भएका छन् । कर्मचारी सङ्गठन सङ्खुवासभाको ११ औं जिल्ला अधिवेशनले अध्यक्षमा पराजुलीलाई अध्यक्षमा पदमा चयन गरेका हुन् ।
सङ्गठनको उपाध्यक्षमा सुशील पोखरेल, महिला उपाध्यक्ष बिनुत खत्री र सचिवमा राजेन्द्र कार्की सर्वसम्मत चयन भएका छन् । सङ्गठनको जिल्ला कार्य समितिमा २१ सदस्य रहेको जनाइएको छ । त्यस्तै सङ्गठनले केन्द्रीय प्रतिनिधितर्फ सूर्यबहादुर ठटाल, बुद्धिबहादुर घिमिरे र रेणुका घिमिरेलाई चयन गरेका छन् ।
नेपाल निजामती कर्मचारी सङ्गठन को केन्द्रीय उपाध्यक्ष भगवती दाहालको प्रमुख आतिथ्यमा भएको अधिवेशनमा प्रतिनिधि सभा सदस्य राजेन्द्र गौतम लगायतको उपस्थिति रहेको थियो ।