२०८३ असार ३ गते , बुधबार

मातृभूमिद्वारा पत्रकार उपचार कोषमा २५ हजार

sajilo news
पार्थ मण्डल
२०७८ पौष २४ गते , शनिबार
मातृभूमिद्वारा पत्रकार उपचार कोषमा २५ हजार

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बिर्तामोडस्थित मातृभूमि भलाइ एन्ड इन्भेस्टमेन्ट  प्रा।लि।ले २५ हजार रुपैयाँ प्रदान गरेको छ ।

कम्पनीका अध्यक्ष कुलप्रसाद ओडारी, प्रबन्ध निर्देशक टंकप्रसाद दवाडीले पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी र कोषाध्यक्ष रञ्जित प्रसाईँलाई उक्त रकमको चेक हस्तान्तरण गरेका छन् ।  कम्पनीको तेस्रो वार्षिक साधारण सभाका अवसरमा शनिवार कनकाईको धनुषकोेटी पर्यटकीय क्षेत्रमा  आयोजित कार्यक्रमकाबीच पत्रकार महासंघको अभियानमा उक्त सहयोग प्रदान गरिएको हो ।

 कम्पनीका अध्यक्ष ओडारी र प्रबन्ध निर्देशक दवाडीले नागरिकको सुसूचित हुने हक रक्षाका लागि जोखिम मोलेर पेसामा रहेका पत्रकारको सामाजिक सुरक्षाका लागि सबैले सामाजिक उत्तरदायित्व सम्झेर एक पटकका लागि कोषमा सहयोग गरिदिन अपिल समेत गरे ।

पत्रकार सहारा उपचार कोषमा ५१ लाख रुपैयाँ जम्मा भइसकेको छ भने त्यसको ब्याजबाट महासंघले पत्रकारहरू घाइते र बिरामी हुँदा उपचार खर्च समेत दिँदै आएको छ । कोषलाई एक करोड रुपैयाँ पुर्‍याउने लक्ष्यका साथ अभियान जारी राखेको छ । 

सम्बन्धित समाचार