२०८३ असार ३ गते , बुधबार

पत्रकार महासंघ झापाको भवन स्तरोन्नति गरिने

sajilo news
पार्थ मण्डल
२०७८ पौष २३ गते , शुक्रबार
पत्रकार महासंघ झापाको भवन स्तरोन्नति गरिने
बिर्तामोड । नेपाल पत्रकार महासंघ झापाले बिर्तामोड स्थित कार्यालय भवनको स्तरोन्नतिको थालनी गरेको छ । शुक्रबार महासङ्घको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच प्रदेश नं. १ का पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की र नेपाल पत्रकार महासंघ प्रदेश नं. १ का अध्यक्ष लीला वल्लभ घिमिरेले संयुक्त रुपमा भवनको शुभारम्भ गरेका हुन् । 
भवन निर्माण शुभारम्भ गर्दै पूर्व मन्त्री कार्कीले निष्पक्ष पत्रकारितामा जोड दिए । उनले आगामी दिनमा पनि पत्रकार महासङ्घलाई आवश्यक सहयोग रहेन प्रतिबद्धता जनाएका छन् । 
महासंघ प्रदेश नं. १ अध्यक्ष घिमिरेले पत्रकारको क्षमता अभिवृद्धिका लागि प्रदेश समिति क्रियाशील रहेको बताए । अर्जुनधारा नगर प्रमुख हरिकुमार रानाले नगरको तर्फबाट पनि भवन निर्माणमा सहयोग रहने विश्वास दिलाए । 
महासंघ झापाको कार्यालय भवन स्तरोन्नतिका लागि प्रदेश सरकारले ४० लाख र बिर्तामोड नगरपालिकाले १० लाख रुपैयाँ विनियोजन गरिसकेको छ । कार्यक्रममा मन्त्रालयका उपसचिव ओमकारप्रसाद न्यौपानेले पनि शुभकामना मन्तव्य राखेका थिए । 
महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा महासङ्घका पूर्व महासचिव चन्द्र भण्डारी, प्रदेश समितिका महासचिव विवेक गौतम, कोषाध्यक्ष विमल लामिछाने, झापा शाखाका पूर्व अध्यक्ष चिन्तामणि दाहाल, प्रेस सम्बद्ध सङ्घ/सङ्गठनका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । 
महासङ्घका उपाध्यक्ष केशव भट्टराईले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव डिकेश लामाले गरेका थिए । 

सम्बन्धित समाचार