२०८३ असार ३ गते , बुधबार

प्रेस चौतारी झापाको अध्यक्षमा गदाल

sajilo news
पार्थ मण्डल
२०७८ पौष १९ गते , सोमबार
प्रेस चौतारी झापाको अध्यक्षमा गदाल
झापा । प्रेस चौतारी झापामा मनकुमार गदालको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । गौरादह नगरपालिका- ५ स्थित महारानीझोडा साना किसान कृषि सहकारी संस्थाको नमुना पाहुना घरमा भएको अधिवेशनले चौतारी झापाको नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो । जिल्ला कमिटीको उपाध्यक्षमा प्रदीप परियार, महिला उपाध्यक्षमा गंगा बराल, सचिवमा प्रकाश पौडेल, सहसचिवमा अच्युत सुवेदी र तिलक योञ्जन र कोषाध्यक्षमा सरोज चौलागाई निर्विरोध चयन भएका हुन् ।
त्यस्तै सदस्यहरूमा भूमिराज पराजुली, राजु पोखरेल, मिना विश्वकर्मा, कुमार उप्रेती, राजु सन्तोषी थापा, सरोज भट्टराई, जीवन चुँडाल, लक्ष्मीप्रसाद अधिकारी, रुपा बुढाथोकी, रविता राउत, नन्दलाल खतिवडा, इन्द्र बहादुर राई, खगेन्द्र घिमिरे, अनिल वाग्ले, युवराज आचार्य र पुष्कर गुरागाईँ छन् । नयाँ कार्यसमितिमा अधिकांश युवा अनुहारहरू छन् । अधिवेशन नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले उद्घाटन गरेका हुन् ।

अधिवेशन उद्घाटनमा एमाले झापाका इन्चार्जसमेत रहेका स्थायी कमिटी सदस्य अग्नि खरेल, एमाले प्रदेश कमिटीका इन्चार्ज देवराज घिमिरे, स्थायी कमिटी सदस्य तथा प्रदेश नं १ का सह इन्चार्ज हिक्मत कार्की, प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत,पत्रकार महासङ्घ झापाका अध्यक्ष एकराज गिरी, प्रेस चौतारीका प्रदेश कमिटी इन्चार्ज लीलाराज भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सम्बन्धित समाचार