२०८३ असार ३ गते , बुधबार
मारवाडी युवा मञ्चको स्थापना दिवसमा सम्मान तथा कम्बल वितरण
भद्रपुर । भद्रपुर मारवाडी युवा मञ्चले २० परिवारलाई कम्बल वितरण गरेको छ । राष्ट्रिय मारवाडी युवा मञ्चको ११ औँ स्थापना दिवसको अवसरमा मारवाडी युवा मञ्चले सोमबार एक कार्यक्रमका बिच नगर क्षेत्रका २० विपन्न परिवारलाई कम्बल वितरण गरेको हो । साथै मञ्चले सोही अवसरमा भद्रपुर मारवाडी सङ्घका अध्यक्ष तथा युवा व्यवसायी अजय साहेवालालाई सम्मान गरेका छन्।
मारवाडी युवा मञ्च भद्रपुर अध्यक्ष दीपक अग्रवालको अध्यक्षता तथा प्रदेश सांसद ओम प्रकाश सरावगीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मारवाडी युवा मञ्चका क्षेत्रीय सभापति यज्ञराज अग्रवाल, राष्ट्रिय मारवाडी युवा परिषद्का केन्द्रीय सदस्यहरू दीपक मित्तल, हेमन्त सुराना, भद्रपुर मारवाडी सङ्घका पूर्व अध्यक्ष नन्द किशोर सरावगी, भद्रपुर ६ का वडाअध्यक्ष प्रेमबहादुर बरुवाल, भद्रपुर जेसीजका निवर्तमान अध्यक्ष डिल्ली राम पोखरेल लगायतको उपस्थिति रहेको थियो ।