२०८३ असार ३ गते , बुधबार

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन राप्रपाको माग

sajilo news
पार्थ मण्डल
२०७८ पौष १८ गते , आईतबार
पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन राप्रपाको माग

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पौष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सार्वजनिक बिदा दिन माग गरेको छ। 

पृथ्वी जयन्तीलाई पर्वको रूपमा मनाउन राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री शेरबहादुर देउवालाई आज ज्ञापनपत्र बुझाएका छन्। 

अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवालाई आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरी ज्ञापनपत्र बुझाएको राप्रपा नेता मोहन श्रेष्ठले बताए। 

सम्बन्धित समाचार